+

एचजेबीएलमा गोल्डेनगेटको लगातार सातौं जित

२०८२ जेठ  १८ गते २१:२८ २०८२ जेठ १८ गते २१:२८
एचजेबीएलमा गोल्डेनगेटको लगातार सातौं जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिगमा सामाखुशी युथ क्लबलाई ७१-६४ ले पराजित गर्‍यो।
  • गोल्डेनगेटले लगातार सातौं जित हासिल गरी फाइनल नजिक पुगेको छ र शीर्ष स्थानमा उक्लिएको छ।
  • अर्को खेलमा हाउण्ड्स र टाइम्स बास्केटबल क्लबबीच फाइनलको टक्कर तय हुनेछ।

१८ जेठ, काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार सामाखुशी युथ क्लबलाई ७१-६४ ले पराजित गरेको छ ।

लिगमा गोल्डेनगेटको यो लगातार सातौं जित हो र यो जितले गोल्डेनगेट फाइनल नजिक समेत पुगेको छ । ८ खेलबाट १५ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा उक्लेको छ ।

समान अंक भएपनि हाउण्ड्स अंक अन्तरको आधारमा दोस्रोमा छ । यस्तै समान खेलबाट १३ अंक रहेको टाइम्स बास्केटबल क्लब तेस्रो स्थानमा छ ।

अब लिगमा दुई चरणको खेल बाँकी छ । त्यसपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछ ।

हाउण्ड्सले अब दुवै खेल शीर्ष तीन भित्रको टिमसँग खेल्न बाँकी छ । हाउण्ड्सले टाइम्स र गोल्डेनगेटसँग खेल्न बाँकी छ । यस्तै टाइम्स र गोल्डेनगेट दुवैको बाँकी अर्को खेल सामाखुशी युथ क्लबलसँग छ ।

हाउण्ड्स र टाइम्स तथा हाउण्ड्स र गोल्डेनगेटबीचको खेल नै फाइनल पुग्ने दुई टोलीको तय गर्नेछ । रोएल, कीर्तिपुर र सामाखुशी भने फाइनल होडबाट बाहिरिएका छन् ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले पहिलो क्वाटरमा २३-१२ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर सामुखशीले १९-१६ ले आफ्नो पक्षमा पार्‍यो ।

हाफ टाइमसम्म गोल्डेनगेटले नै ३९-३१ को अग्रता लियो । तेस्रो क्वाटरले १९-१५ ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेटले ५८-४६ को अग्रता बनायो ।

चौथो तथा अन्तिम क्वाटर सामाखुशीले १८-१३ ले आफ्नो पक्षमा पारेपनि जितका लागि पर्याप्त भएन ।

गोल्डेनेगटका लागि मोस्ट भ्यालुएबल प्लेअर निकेश मगरले सर्वाधिक २२ अंक स्कोर गरे । यस्तै सामाखुशीका प्रज्वल महर्जनले पनि २२ अंक नै स्कोर गरे ।

एचजेबीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय