+

कप्तान श्रेयसको शानदार ब्याटिङमा पञ्जाब आईपीएलको फाइनलमा

२०८२ जेठ  १९ गते ६:३१ २०८२ जेठ १९ गते ६:३१
कप्तान श्रेयसको शानदार ब्याटिङमा पञ्जाब आईपीएलको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पञ्जाब किङ्सले आइपीएलको दोस्रो क्वालिफायरमा मुम्बईलाई पराजित गरी फाइनल प्रवेश गरेको छ।
  • श्रेयस अय्यरले ४१ बलमा ८७ रन बनाएर टोलीलाई जित दिलाए।
  • पञ्जाबले अब मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

१९ जेठ, काठमाडौं । कप्तान श्रेयस अय्यरको शानदार ब्याटिङमा पाँचपटकको विजेता टोली मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाब किङ्स आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको दोस्रो क्वालिफायर खेलमा मुम्बईलाई ५ विकेटले हराउँदै पञ्जाब उपाधिको एक कदम नजिक पुगेको हो ।

मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान श्रेयसले ४१ बलमा अविजित ८७ रन बनाए । यस क्रममा उनले ५ चौका र ८ छक्का प्रहार गरे । नेहाल वधेराले ४८ तथा जोश इङ्लिसले ३८ रन बनाए ।

मुम्बईका लागि अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०३ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्मा र सुर्यकुमार यादवले समान ४४ रन बनाउँदा नमन धिरले ३७ रन बनाए ।

पञ्जाबका अजमतुल्लाह ओमरजाइले २ विकेट लिए भने काइल जेमिसन, मार्कस स्टोइनिस, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट हात पारे ।

पञ्जाब ११ वर्षपछि प्लेअफमा पुगेर फाइनल नै पुगेको हो । यसअघि सन् २०१४ को फाइनलमा पञ्जाब कोलकातासँग पराजित भएको थियो ।

पञ्जाबले अब उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय