+
+
Shares

नारायणहिटीमा मारिएका राजपरिवारको स्मृतिमा दीप प्रज्वलन गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ७:२०
वीरेन्द्रको वंश नास भएको नारायणहिटी दरबार ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमानी ट्रष्टले नारायणहिटी राजदरबार हत्याकाण्डको २३ औं स्मृतिमा दीप प्रज्वलन कार्यक्रम राखेको छ ।
  • नारायणहिटीमा काठमाडौं जिल्ला प्रशासनले अनुमति नदिएपछि कार्यक्रम कमलादी गणेश मन्दिरमा आयोजना गरिएको छ ।

१९ जेठ, काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको २३ औं स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरुले आज दीप प्रज्वलन कार्यक्रम गर्दैछन् । दीप प्रज्वलनको कार्यक्रम कमलादी गणेश मन्दिरमा राखिएको छ । यो कार्यक्रम हिमानी ट्रष्टले राखेको हो ।

हिमानी ट्रष्टको अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमल र उपाध्यक्ष उनीहरुकी बुहारी हिमानी शाह छिन् ।

हिमानी ट्रष्टले २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र मारिएका तत्कालीन राजपरिवारका सदस्यहरुको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गर्ने तयारी गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको ट्रष्टले जनाएको छ ।

तर, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले भने हिमानी ट्रष्टले जेठ १९ को सन्दर्भमा आयोजना हुने कार्यक्रमबारे जानकारी नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीसँग कार्यक्रमको लागि कसैले अनुमति मागेको छैन । माग्दै नमागेपछि दिने/नदिने भन्ने कुरा पनि रहेन ।’

उनका अनुसार जेठ १५ गते गणतन्त्र दिवस र जेठ १६ गते मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले राहदानी र नागरिकता बाहेकका सेवा बन्द थिए । यद्यपि इमेललाई समेत आफूहरुले सम्बोधन गर्ने गरेको बताउँदै उनले इमेलमा पनि जेठ १९ सँग सम्बन्धित निवेदन नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?