
१९ जेठ, काठमाडौं । पूर्वी नवलपरासीस्थित देवचुली नगरपालिका–२ केउरेनीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ च ४६१६ नम्बरको एम्बुलेन्स र बा २० च १२७२ नम्बरको स्कुल भ्यान केउरेनीमा आपासमा ठक्कर खाएका थिए ।
उक्त भ्यान दिव्य एकेडेमी बोर्डिङ स्कुलको रहेको पूर्वी नवलपरारीका डीएसपी मधु नेपालले बताए । एम्बुलेन्स र भ्यान दुवैमा गरेर चालकसहित ६ जना सवार रहेको उनले बताए ।
दुर्घटनामा परेर भ्यानका चालक ५३ वर्षीय कुलप्रसाद सुवेदी उपचारको क्रममा मृत्यु भएको उनले बताए । एम्बुलेन्स चालक भैरव बहादुर थापालाई भने नियन्त्रणमा लिइएको उनले बताए । अन्य घाइतेको अवस्था सामान्य रहेको डीएसपी नेपालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4