+

कुशल र सृजनलाई पहिलोपटक समेट्दै नेपाली फुटबल टोलीको घोषणा

२०८२ जेठ  १९ गते १३:१९ २०८२ जेठ १९ गते १३:१९
कुशल र सृजनलाई पहिलोपटक समेट्दै नेपाली फुटबल टोलीको घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हङकङ र लाओसविरुद्धको खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा भएको छ।
  • प्रशिक्षक म्याट रोसले दुई नयाँ खेलाडी सृजनराज गौतम र कुशल देउवालाई टोलीमा समेटे।
  • नेपालले ५ जुनमा हङकङसँग मैत्रीपूर्ण खेल र १० जुनमा लाओससँग एएफसी एसियन कप छनोट खेल्नेछ।

१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओसविरुद्धको खेलका लागि अन्तिम टोली घोषणा गरेका छन्।

दुई नयाँ खेलाडी समेट्दै प्रशिक्षक रोसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीमा सृजनराज गौतम र कुशल देउवा नवप्रवेशी हुन् ।

यसअघि ३० खेलाडीले प्रशिक्षण गरिरहेकामा ७ खेलाडी बाहिरिएका हुन् ।

नेपालले जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन १० मा लाओससँग एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो दोस्रो खेल खेल्नेछ।

नेपाली टोली मंगलबार हङकङ जानेछ र त्यहाँबाट लाओस प्रस्थान गर्नेछ।

नेपाली टोली : अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक बिष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), गिलेस्पी जङ कार्की, किरण चेम्जोङ (गोलकिपर), कृतिश रत्न छुन्जु, कुशल देउबा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ।

नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय