
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा २२ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सम्पन्न भयो।
- महोत्सवमा ३० देशका ६५ भन्दा बढी फिल्म प्रदर्शन गरियो र विभिन्न पुरस्कारहरू प्रदान गरिए।
- सर्वोत्कृष्ट चलचित्र ‘बटरफ्लाइ भुटान’ सोनम याङ्जोमले प्राप्त गरे र विभिन्न विधामा पुरस्कार वितरण भयो।
काठमाडौं । २२ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सम्पन्न भएको छ । ‘खण्डित आवाज, निर्मित भाष्य’ नाराका साथ आयोजित यसवर्षको महोत्सवमा ३० देशका ६५ भन्दा बढी प्रदर्शन गरियो ।
ती फिल्ममध्ये इसिमोड सर्वोत्कृष्ट पर्वतीय चलचित्र पुरस्कार सोनम याङ्जोमको ‘बटरफ्लाइ भुटान’ले प्राप्त गर्यो । भारतका मनोहर के.लाई ‘बर्ड अफ अ डिफरेन्ट’का लागि केयू इमर्जिङ फिल्ममेकर पुरस्कार प्रदान गरियो ।
केन्जी सुकोमोटो निर्देशित अशिमाले सर्वोत्कृष्ट माउन्टेरिङ एण्ड एक्स्प्लोरेसन फिल्म पुरस्कार जित्यो भने फेलिन गेर्हाड्र्टको माइनस् १०३ डिग्रिजले सोही विधामा विशेष उल्लेख प्राप्त गरेको थियो ।
अन्तर्राष्ट्रिय विधातर्फ, फाम नोच लानको ‘क्यू ली नेभर क्राइज’ले सर्वोत्कृष्ट फिचर फिक्सन चलचित्र पुरस्कार जित्यो भने याकूप तेकिन्तान्जाक निर्देशित ‘मोरी’ले सर्वोत्कृष्ट सर्ट फिक्सन विधा जित्यो ।
यी-शान लोज्को ‘आफ्टर द स्नोमेल्ट’ले पनि सर्वोत्कृष्ट फिचर डकुमेन्ट्री जितेर सम्मान प्राप्त गर्यो । डोमिनिक साइनरको ‘विन्टर टाइगा’ले सर्वोत्कृष्ट छोटो वृत्तचित्र पुरस्कार प्राप्त गर्यो ।
नेपाल पानोरामा अन्तर्गत, सौरभ घिमिरेको ‘सङ्स अफ लभ एण्ड हेट’ले सर्वोत्कृष्ट नेपाली फिक्सन चलचित्र पुरस्कार जित्यो भने साजा सुनुवार निर्देशित ‘छाऊ’ले सर्वोत्कृष्ट नेपाली वृत्तचित्र पुरस्कार प्राप्त गर्यो । अडियन्स अर्वाड भने कलानी गोकनको ‘फेमली म्यान’ले जित्न सफल भयो ।
यस वर्षको कट.कथा प्रत्यक्ष पिच सत्रमा तीन विजेता घोषणा भए । जसमा श्रेया सिंहले ब्रिटिस काउन्सिल पुरस्कार (रु. १,५०,०००) प्राप्त गरिन् भने आकृति श्रेषले गोएथे सेन्ट्रम पुरस्कार (रु. १,००,०००) जितिन् र सुष्मिता बोगटीले शान्ता नेपाली प्रोडक्सन पुरस्कार (रु. ३,५०,००० बराबरको प्रोडक्सन् एण्ड पोस्ट प्रोडक्सन् मद्दत) प्राप्त गरिन् ।
किम्फ फाउण्डेसनका बोर्ड सदस्य शेखर खरेलले समापन समारोहमा प्रायोजक, निर्णायक मण्डल, स्वयंसेवक र सम्पूर्ण टोलीलाई धन्यवाद दिंदै आगामी संस्करण अझ प्रभावकारी हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4