News Summary
Generated by OK AI. Editorially reviewed.- स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको क्रिकेट शृंखला सुरु भएको छ ।
- पहिलो खेलमा नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ ।
- कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे।
१९ जेठ, काठमाडौं । सोमबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दै छ ।
डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले स्कटल्याण्डसँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । अमेरिकामा गत अक्टोबरमा भएको लिग २ शृंखलामा नेपालले स्कटल्याण्डसँग एक खेल जित्दा एक खेल वर्षाका कारण हुन सकेन ।
हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ । पछिल्ला चार खेलमा नेपाल अपराजित छ जहाँ ३ जित निकाल्दा १ नतिजाविहीन थियो ।
नेपालको सुरुवाती ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र रिजन ढकाल
प्रतिक्रिया 4