+

एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित

२०८२ जेठ  १९ गते १६:२६ २०८२ जेठ १९ गते १६:२६
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन क्रिकेट काउन्सिलले एसिया कप स्थगित गरेको छ किनभने श्रीलंकामा मौसम र चिकुनगुनिया संक्रमण बढेको छ।
  • श्रीलंकाका क्रिकेट अधिकारीहरूले प्रतियोगिता स्थगन गर्न अनुरोध गरेका थिए र नयाँ मिति चाँडै घोषणा गरिनेछ।
  • एसीसीले महिला क्रिकेटको प्रवर्द्धन र विकासलाई प्राथमिकता दिएर प्रतियोगिता चाँडो आयोजना गर्न प्रतिबद्धता जनाएको छ।

१९ जेठ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आगामी जुन ६ देखि श्रीलंकामा आयोजना हुने तय भएको एसीसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित गर्ने निर्णय गरेको छ।

यस प्रतियोगितामा नेपाल पनि सहभागी हुने तय थियो ।

श्रीलंकामा हाल देखिएको प्रतिकूल मौसम र चिकुनगुनिया रोगको बढ्दो संक्रमणका कारण श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष शम्मी सिल्वाले एसीसी अध्यक्षलाई प्रतियोगिता स्थगन गर्न अनुरोध गर्दै पत्र लेखेका थिए। सोही पत्रका आधारमा छलफलपछि प्रतियोगिता सार्ने निर्णय लिइएको एसीसीले जनाएको छ।

‘महिला क्रिकेटको प्रवर्द्धन र इमर्जिङ खेलाडीहरूको विकास हाम्रो प्रमुख प्राथमिकता हो’ एसीसी अध्यक्ष मोहसिन रजा नकवीले भने, ‘यो प्रतियोगिता एसियाली महिला क्रिकेटको भविष्य निर्माणमा रणनीतिक रुपमा महत्त्वपूर्ण छ र हामी यसलाई चाँडोभन्दा चाँडो नयाँ मितिमा आयोजना गर्न प्रतिबद्ध छौं।’

प्रतियोगिताको नयाँ मिति एसीसीले चाँडै सार्वजनिक गर्ने जनाएको छ। एसीसीले सहभागी टोलीहरू, खेलाडीहरू, प्रायोजकहरू र सबै सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै समझदारीको अपेक्षा गरेको छ।

महिला इमर्जिङ टिम्स एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय