+
+
Shares

गृहमन्त्रीलाई दोषी भनेका छैनौं, छानबिनका लागि राजीनामा गर्नुपर्छ : माओवादी केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई दोषी नभएको बताएको छ।
  • उपमहासचिव वर्षमान पुन अनन्तले छानबिनका लागि राजीनामा दिनुपर्ने निर्णय भएको बताए।
  • गृहमन्त्रीको अस्वाभाविक सरुवा र प्रक्रियाले पनि विवाद थपिएको उनले बताए।

१७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई दोषी करार नगरिएको बताउँदै छानबिनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएको छ ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले यस्तो बताएका हुन् ।

‘छानबिन माग गरेको हो । गृहमन्त्री दोषी कसैले भनेको छैन,’ पार्टीको तर्फबाट धारणा राख्ने क्रममा उनले भने, ‘तर छानबिन अगाडि उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’

कर्मचारीको अस्वाभाविक सरुवा लगायतका प्रक्रियाले पनि गृहमन्त्री लेखकलाई विवादमा तानेको उनले बताए ।

‘गृहमन्त्रीले पठाएको बदनाम सहसचिव त्यहाँ जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने, उहाँकै सचिवालयका मान्छे यस्तै केसमा परेकाहरू हुने, फेरि सरुवा गर्ने जस्ता अस्वभाविक प्रक्रियाहरुले उहाँलाई पनि यो विवादमा तानेको छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?