
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोकका ताराबहादुर तामाङलाई ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
- उनले पूर्वी नवलपरासीको गैंडाकोटमा सस्तो दरमा अमेरिकी डलर दिने भन्दै ठगी गरेको पाइएको प्रहरीको आरोप छ।
१९ जेठ, काठमाडौं । डलर भन्दै ३० लाख रुपैयाँ ठगी गरेर फरार भएको आरोप लागेका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय ताराबहादुर तामाङ छन् ।
उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि पूर्वी नवलपरासी पठाइएको छ ।
उनले पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–३ ढोडेनीमा सस्तो दरमा अमेरिकन डलर दिने भन्दै ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
छेउमा एक दुई थान डलर राखेर भित्र काजगको बिटो पोको पारिएको थियो । उक्त बिटोलाई बाहिरबाट रुमालले बाँधिएको थियो । त्यही बिटो दिएर ३० लाख लिएर उनी फरार भएको आरोप छ ।
प्रतिक्रिया 4