+

जुनियर खेलकुद प्रतियोगिताको मिति सर्‍यो

२०८२ जेठ  १९ गते १८:०६ २०८२ जेठ १९ गते १८:०६
जुनियर खेलकुद प्रतियोगिताको मिति सर्‍यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यू–१४ विद्यालय खेलकुद प्रतियोगिताको मिति सरेको छ ।
  • प्रतियोगिता जेठ २२ देखि हुने भनिएकामा अब २५ गतेदेखि हुनेछ।

१९ जेठ, काठमाडौं । यही जेठ २२ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्ले सुरु गर्न लागेको यू–१४ विद्यालय खेलकुद प्रतियोगिताको मिति सरेको छ । जेठ २२ गते देखि २६ गते सम्म काठमाडौंमा हुने भनिएपनि मिति सरेको हो ।

नेपाल यातायात व्यवसायी महासंघको आन्दोलनका कारण उक्त समयमा खेलाडी सहभागी हुन नसक्ने भएकाले प्रतियोगिताको मिति परिवर्तन गरिएको हो ।

अब क्रिकेट बाहेक अन्य ५ खेल जेठ २५ र २६ गते  हुनेछ भने क्रिकेट खेल २५ देखि २९ गतेसम्म सञ्चालन गरिने भएको हो ।

बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उदेश्यबाट आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न ६ वटा खेल समावेश गरिएको राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन् । एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल रग्वी, व्याडमिन्टनका छात्र/छात्रा र क्रिकेटमा छात्रको मात्र खेल हुने छन् ।

विद्यालय खेलकुद महासंघ, प्याव्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ तथा खेल संघहरुका प्रतिनिधि सहभागी बैठकहरुले अन्तिम तयारी गरेको छ ।

एथलेटिक्स र रग्वी रंगशालामा हुने छन् । ब्याडमिन्टन देवीनगर हल बानेश्वर, टेबलटेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सन्चालन गरिने भएको छ । यस्तै छात्र क्रिकेट मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछ ।

एथलेटिक्सको ट्याक तर्फ एक सय, दुई सय ४ सय र ८ सय तथा ४ ह १०० मिटर रिले दौड र लङजम्पमा प्रतिस्पर्धा हुने छन् । टेबलटेनिस र व्याडमिन्टनमा छात्र/छात्रा सिंगल तथा डवल्सका प्रतिस्पर्धा हुने मीनकुमार शर्माले जानकारी दिएका छन् ।

यस्तै बास्केटबल छात्र/छात्रा ३X३ र रग्वीको छात्र/छात्राका प्रतियोगिता हुने छन् ।

यू–१४ विद्यालय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय