News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डसँगको खेल जित्न चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
- स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको छ ।
१९ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्याण्डसँगको खेल जित्न नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
डुन्डीमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाउँदै नेपाललाई २९७ रनको लक्ष्य दिएको हो ।
स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए । टियरले ७२ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे । यस्तै फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाए ।
नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १० ओभरमा ६६ तथा रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २-२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।
हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ । पछिल्ला चार खेलमा नेपाल अपराजित छ जहाँ ३ जित निकाल्दा १ नतिजाविहीन थियो ।
लिग २ मा स्कटल्याण्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ । १२ खेल खेलेको नेपाल ६ अंकसहित पूछारमा छ । लिग २ मा ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोलीले सन् २०२७ को ओडिआ२ विश्वकपको छनोटमा स्थान बनाउनेछ ।
प्रतिक्रिया 4