+
+
Shares

जब वाईसीएल सम्मेलनकै गेटमा पुगे राजावादी

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, केहीबेर अवस्था तनावपूर्ण भए पनि अहिले अवस्था सामान्य भइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कमलादीस्थित नेकपा माओवादी केन्द्रको तेस्रो राष्ट्रिय सम्मेलन चलिरहेको छ।
  • सोमबार साँझ राजावादी समूहको जुलुस हिँड्दा केहीबेर तनावपूर्ण अवस्था बन्यो, अहिले अवस्था सामान्य भएको छ।
  • हिमानी ट्रष्टले नारायणहिटी दरबारभित्र राजपरिवारका सदस्यहरूको स्मृतिमा दीप प्रज्वलनको कार्यक्रम गरेको हो।

१९ जेठ, काठमाडौं । काठमाडौंको कमलादीस्थित नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन चलिरहेको छ ।

उक्त सम्मेलनबाट नयाँ नेतृत्वका लागि खुला र बन्दसत्र चलिरहेको छ ।

यहीबीचमा सोमबार साँझ सोही क्षेत्र हुँदै राजावादी समूहको एउटा जुलुस निस्कियो ।

कमलादीस्थित गणेश मन्दिरमा हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यो जुलुस हिँडेको थियो ।

त्यही बीचमा वाईसीएल नेपालका नेता, कार्यकर्ताहरूबीच केहीबेर तनावपूर्ण अवस्था बन्न पुग्यो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, केहीबेर अवस्था तनावपूर्ण भए पनि अहिले अवस्था सामान्य भइसकेको छ ।

‘वाईसीएल नेपालको सम्मेलन चलिरहेको ठाउँबाट राजावादी समूहको प्रदर्शन गएको रहेछ,’ बोहराले अनलाइनखबरसँग भने, ‘केहीबेर अवस्था तनावजस्तो बने पनि अहिले सामान्य छ ।’

हिमानी ट्रष्टले २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र मारिएका तत्कालीन राजपरिवारका सदस्यहरूको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गरेको हो ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?