+
+
Shares

सरकार र यातायात व्यवसायीबीच जुटेन सहमति, बन्द निरन्तर

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते २०:१०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकार र यातायात व्यवसायीबीच आजको वार्तामा सहमति नजुटेको र भोली पनि बन्द जारी रहने निश्चित भएको छ।
  • नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले छलफल सकारात्मक रहेको र मंगलबार पुनः वार्ता हुने जानकारी दिए।
  • १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको र रातो नम्बर प्लेटले यात्रु बोक्न नपाउने नियमावलीको विरोध भएको छ।

१९ जेठ, काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् ।

चारवटै व्यवसायी महासंघले भोलि पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको बताएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले निरन्तर छलफल भइरहेको बताए । छलफल सकारात्मक ढंगले अगाडि बढेको उनले जानकारी दिए ।

अब पुनः मंगलबार साढे १० बजे वार्ता हुने समेत बताइएको छ । सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडि बढेको थियो ।

अरु बुँदामा सहमति नजिक कुराकानी भएको र १ नम्बर बुँदामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ ।

रातो नम्बर प्लेटले यात्रु बोक्न नपाउने भन्दै यस नियमावलीको विरोध गर्नु परेको सिटौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?