News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी महिला एकदिवसीय विश्वकप २०२३ सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारत र श्रीलंकामा आयोजना हुनेछ।
- प्रतियोगितामा भारत, अष्ट्रेलिया, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका, बंगलादेश र पाकिस्तान सहभागी छन्।
- पाकिस्तानका खेलहरू श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा हुने तय भएको छ।
२० जेठ, काठमाडौं । यसै वर्ष भारतमा हुने आईसीसी महिला एकदिवसीय विश्वकपमा पाकिस्तानको खेलहरू श्रीलंकामा खेलिने भएको छ । आईसीसीले विश्वकपको मिति र स्थानहरू तय गर्दै भारत र श्रीलंकाका पाँच स्थानमा खेलहरू आयोजना हुने जनाएको हो ।
१२ वर्षपछि पुनः भारतमा हुन लागेको प्रतियोगिता सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारत र श्रीलंकाका गरेर पाँच स्थानमा आयोजना हुने भएको हो।
१३औं संस्करणको यस महिला विश्वकप भारतको बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा भारतको उद्घाटन खेलसँगै सुरु हुनेछ। प्रतियोगितामा सहभागी आठ टोलीहररूमा भारत, अष्ट्रेलिया, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका, बंगलादेश र पाकिस्तान छन् ।
विश्वकपका खेलहरू भारतका बेंगलुरु, गुवाहाटी, इन्दोर, विशाखापत्तनम र श्रीलंकाको कोलम्बोमा हुनेछन्। विशेषगरी पाकिस्तानका खेलहरू श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा हुने तय भएको छ।
भारत र पाकिस्तानबीच पछिल्लो समयको बढ्दो तनावका बीच दुवै टोलीले एकअर्काको देशमा गएर खेल खेल्ने गरेका छैनन् । यसअघि पाकिस्तानले भारतमा आएर खेल्ने गरेको भएपनि भारत भने पाकिस्तान जाने गरेको थिएन । भारतले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पाकिस्तान गएर कुनै खेलकुद खेल्ने गरेको छैन ।
अक्टोबर २९ मा विश्वकपको पहिलो सेमिफाइनल गुवाहाटी वा कोलम्बोमा र अक्टोबर ३० मा दोस्रो सेमिफाइनल बेंगलुरुमा हुनेछ। फाइनल खेल नोभेम्बर २ मा बेंगलुरु वा कोलम्बोमध्ये कुनै एक स्थानमा हुनेछ।
हालको विश्व च्याम्पियन अष्ट्रेलिया प्रतियोगितामा उपाधि रक्षा गर्ने लक्ष्यसाथ उत्रनेछ। अष्ट्रेलिया यसअघिका सात पटकको विजेता टोली पनि हो।
प्रतिक्रिया 4