+
+
Shares

लसुनको मूल्य घट्यो, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १२:१५

२० चैत, काठमाडौं । बजारमा लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार लसुनको मूल्य घटेको हो । आज नेपाली लसुनको मूल्य किलोमा १३ रुपैयाँ घटेको छ ।

सोमबार कालीमाटी बजारमा लसुन प्रतिकिलो १ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । आज भने लसुनको प्रतिकिलो मूल्य १ सय ६३ रुपैयाँ कायम छ । एक सातअघि पनि नेपाली लसुनको मूल्य प्रतिकिलो १४ रुपैयाँ घटेको थियो । वैशाख अन्तिम साता बजारमा नेपाली लसुन प्रतिकिलो २ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाइनिज लसुनको मूल्य भने स्थिर छ । चाइनिज लसुन प्रतिकिलो २ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?