+
+
Shares

गणेश रसिकको अन्त्येष्टि, संगीतकार संघको झण्डा ओढाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको शवलाई पशुपतिको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो।
  • उनको शवमा सम्मान व्यक्त गर्न कलाकार र नेताहरूले माल्यार्पण गरे र श्रद्धाञ्जली कार्यक्रम आयोजना भयो।
  • रसिकको इच्छा अनुसार शवलाई भोजपुरको छिनामखुमा लैजानु भएको थियो र उनको निधन ७८ वर्षको उमेरमा भएको थियो।

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको पार्थिव शरिरलाई मंगलबार बिहान पशुपतिको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । त्यसअघि सोही ठाउँमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो ।

संगीतकार संघका अध्यक्ष अष्ट लामाले रसिकको शवमा संस्थाको झण्डा ओढाएर सम्मान व्यक्त गरे । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संगीतकारहरू शम्भुजीत बासकोटा, बुलु मुकारुङ, लक्ष्मण शेष, महेश खड्का लगायतले रसिकको शवमा माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गरे ।

सो अवसरमा रसिकको चर्चित गीत ‘यो नेपाली ठिटो’मा कलाकारले प्रस्तुति दिए । रसिककी छोरी बेलायतबाट आइपुगेपछि दाहसंस्कार गरिएको संगीतकार संघका अध्यक्ष लामाले बताए ।

रसिकको इच्छाअनुसार नै उनको शवलाई पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो । रसिकले परिवार र आफन्तलाई निधनपछि तामझामसहित आफ्नो शवलाई प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानमा नराख्न भनेका थिए ।

साथै, जन्मथलो भोजपुरको छिनामखुमा अस्तु लैजानु भनेर आग्रह गरेका थिए । ‘उहाँको इच्छा र आग्रहअनुसार हामीले अन्त्येष्टि गरेका हौं र अस्तु गाउँमा लैजान्छौं’ लामाले अनलाइनखबरसँग भने ।

वरिष्ठ सर्जक रसिकको ७८ वर्षको उमेरमा आइतबार ललितपुर हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । उनी ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?