+
+
Shares

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो, सहमतिको प्रयास जारी

सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो । यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १३:०७
गृहमन्त्रीको राजीनमा माग्दै विपक्षी दलकाे अवराेध । फाइल तस्वीर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदको बैठक २ बजेलाई सारिएको छ।
  • सदन अवरुद्ध रहेकाले सभामुखले विपक्षीसँग छलफल गरी वातावरण बनाउन प्रयास गरेका छन् ।
  • गृहमन्त्री रमेश लेखकले आफ्ना कुरा सदनसमक्ष राख्न चाहन्छन्, तर बोल्न पाएका छैनन्।

२० जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक २ बजेलाई सारिएको छ ।

सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो । यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् ।

गृहमन्त्री रमेश लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् ।

लगातार सदन अवरुद्ध रहेकाले सभामुख देवराज घिमिरेले आजै विपक्षी दलहरूसँग छलफल गरी सदनमा गृहमन्त्रीले आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त बैठक बसेका थिए ।

बैठका सभामुख घिमिरेले पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला भनेपछि विपक्षी दलहरूले यस विषयमा थप छलफल गर्ने भनेर निस्किएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?