
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले दुई निर्देशकलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ ।
- बैंकले जिम्मेवारी हेरफेर गरी विभाग प्रमुखहरूलाई नयाँ पदमा नियुक्त गरेको हो ।
२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशक डा. डिल्लीराम पोखरेल र दीर्घ रावल कार्यकारी निर्देशक भएका हुन् ।
केन्द्रीय बैंक कार्यकारी निर्देशकमा २ निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर भएको छ । पूर्वकार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको अवकाशसँगै रिक्त कार्यकारी निर्देशक दरबन्दीमा गत साता निर्देशक डा. पोखरेलको बढुवा भएको हो ।
त्यसैगरी कार्यकारी निर्देशक तुलसी घिमिरेको अवकाशपछि रिक्त दरबन्दीमा सोमबार निर्देशक दीर्घ रावलको बढुवा भएको सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दए ।
रिक्त कार्यकारी दरबन्दी पूर्तिसँगै जिम्मेवारी पनि हेरेफेर भएको छ । गत साता कार्यकारी निर्देशक भएका पोखरेले बैंकिङ विभाग प्रमुख भएका छन् ।
त्यसैगरी सोमबार कार्यकारी निर्देशक भएका रावल भने बैंकिङ सुपरीवेक्षण विभाग प्रमुखको जिम्मामा छन । त्यसैगरी बैंकिङ सुपरीवेक्षणको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक रामु पौडेल मुद्रा व्यवस्थापन विभाग प्रमुख भएका छन् । त्यसैगरी मुद्रा व्यवस्थापनका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाइ सूचना प्रवधि विभागको जिम्मा दिइएको छ ।
प्रतिक्रिया 4