+

कर्मचारी खेलकुद प्रतिष्ठानले साताभरी खेलकुद गर्ने

२०८२ जेठ  २० गते १८:४९ २०८२ जेठ २० गते १८:४९
कर्मचारी खेलकुद प्रतिष्ठानले साताभरी खेलकुद गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इसानले जेठ २१ देखि २८ गतेसम्म १४ औं कर्मचारी खेलकुद प्रतियोगिता आयोजना गर्नेछ।
  • प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस खेल समावेश छन् र ३१८ खेलाडी प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगितामा सरकारी र निजी संस्थानका विभिन्न कम्पनीहरूले भाग लिनेछन्।

२० जेठ, काठमाडौं । विगतमा सार्वजनिक संस्थान खेलकुद विकास संघको नाममा सक्रिय रहेको र हाल कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को नाममा परिवर्तित इसानले यहि जेठ २१ देखि २८ गते सम्म १४ औं कर्मचारी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस खेल समावेश गरिएको कर्मचारी खेलकुदमा ३ सय १८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने मंगलवार आयोजित पत्रकार सम्मेलनमा इसानका अध्यक्ष राम विनय श्रेष्ठले बताए।

प्रतियोगिता अन्तर्गत फुटसलमा चार महिला १५ पुरुष टोलीको सहभागिता रहनेछ भने ब्याडमिन्टनमा महिला तथा पुरुष सिंगल/डबल्स, भेट्रान्स सिंगल/डबल्स (४५ वर्षमाथि) एक्जुकेटिभ डबल्स (तह ९ वा प्रथम श्रेणि र सो भन्दा माथिल्लो तहका कर्मचारी) मा प्रतिस्पर्धा हुनेछ।

त्यस्तै टेबलटेनिसमा महिला तथा पुरुष सिंगल/डबल्स, मिक्स डवल्स र एक्जुकेटिभ सिंगल (तह ९ वा प्रथम श्रेणि र सो भन्दा माथिल्लो तहका कर्मचारी) को विधा समावेश गरिएको छ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि राखेपमा दर्ता रहेको सार्वजनिक संस्थान खेलकुद विकास संघले मान्यता गुमाएको थियो। त्यसैले संघले नाम परिवर्तन गर्दै इसान राखेको हो।

प्रतियोगितामा नेपाल सरकारका पुर्ण र आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, दुरसञ्चार सेवा प्रदायक कम्पनी र वायुसेवा कम्पनीहरूले सहभागिता जनाउने छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल नागरिक उड्डयन प्राधिकरण ,कृषि विकास बैंक लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल विधुत प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, नागरिक लगानी कोष, काठमान्डौं उपत्यका खानेपानी लिमिटेड, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल वन निगम, राष्ट्रिय जिवन विमा कम्पनी लिमिटेड, सार्वजनिक सेवा प्रशारण केन्द्र, कृषि सामाग्री कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान र औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सहभागिता रहनेछ ।

ब्याडमिन्टन हात्तिगौडास्थित र्याकेट एन्ड रोल ब्याडमिन्टन हल, टेबल टेनिस लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्र र फुटसल टोखास्थित ग्राण्डी स्पोर्टस सेन्टरमा हुनेछ ।

कर्मचारी खेलकुद प्रतिष्ठान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय