+
+
Shares

अरूको भाषणले वाक्क प्रचण्ड, आफू भने बोलेको बोल्यै

प्रचण्डले भनेका छन्, ‘भाषण गर्‍या छ, भाषण गर्‍या छ, भाषण गर्‍या छ । यो भएन । अन्त यसो नगर्नुहोला । आज यस्तो गरे पनि अन्त, छोटो मिठो जनताका कुरा बढी सुन्ने, आफ्ना कुरा कम भन्ने ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १७:५६

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट काठमाडौं उपत्यका केन्द्रित नेवा र ताम्सालिङ जागरण अभियान सुरु गरेको छ ।

उक्त अभियानको उद्घाटनका लागि पुगेका थिए, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । कार्यक्रममा पुगेका अध्यक्ष प्रचण्डले यो पटकको सम्बोधन फरक तरिकाबाट सुरु गरे ।

उनले कार्यक्रममा धेरै भाषण भएको भन्दै ‘यसरी अभियान नचल्ने’ बताए ।

प्रचण्डले यस्तो बताइरहँदा कार्यक्रम हलमा उपस्थित भएका कार्यकर्ताहरू उत्साहित हुँदै हुटिङ गरिरहेका थिए ।

प्रचण्डले अभियानका कार्यक्रमहरूमा यस्ता भाषण कम र जनताका कुरा बढी सुन्नेगरी अघि बढ्न नेता कार्यकर्तालाई सुझाए ।

‘यो कार्यक्रम अलि भाषण धेरै भयो जस्तो लाग्यो मलाई । यसरी अभियान हुँदैन । यसरी धेरै बोलेर मान्छेलाई थकाएर, वाक्क बनाएर अभियान हुँदैन,’ प्रचण्डले भनेका छन्, ‘भाषण गर्‍या छ, भाषण गर्‍या छ, भाषण गर्‍या छ । यो भएन । अन्त यसो नगर्नुहोला । आज यस्तो गरे पनि अन्त, छोटो मिठो जनताका कुरा बढी सुन्ने, आफ्ना कुरा कम भन्ने ।’

तर, प्रचण्ड आफैंले भने झन्डै ४० मिनेट लामो भाषण गरे ।

उनले देशभर भइरहेको अभियानदेखि सरकार र समसामयिक विषयबारे लामै भाषण गरेका हुन् ।

उनले एक महिनासम्म मिहेनत गरेर नतिजा निकाल्न पनि कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रचण्डले नेता कार्यकर्तालाई थप भने, ‘भाषण गरेर जनतालाई नथकाउनुहोला । कार्यकर्तालाई नथकाउनुहोला । यसो गर्न हुँदैन भन्ने छ ।’

पछिल्लो समय जनताकेन्द्रित भन्दै दलहरूले चलाएका अभियानहरू सीमित नेताको घेराभन्दा बाहिर जान नसकेको र जनतासँग अन्तर्क्रिया हुन नसकेको आरोप लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?