+

मैले टिमलाई युवावस्था, उत्कर्ष र अनुभव दिएँ : विराट कोहली

२०८२ जेठ  २१ गते ७:५७ २०८२ जेठ २१ गते ७:५७
मैले टिमलाई युवावस्था, उत्कर्ष र अनुभव दिएँ : विराट कोहली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आरसीबीले आईपीएल २०२४ को फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले पराजित गरी पहिलो उपाधि जित्यो।
  • विराट कोहलीले १८ वर्षको प्रतीक्षा पछि यो उपाधि आफ्नो करियरको सबैभन्दा विशेष सफलता भने।
  • उनीले आफ्नो टिम र समर्थकप्रति कृतज्ञता व्यक्त गर्दै, यस जीतलाई आफ्नो जीवनको महत्वपूर्ण क्षण बताए।

२१ जेठ, काठमाडौं । १८ वर्षको लामो प्रतीक्षाको घडी समाप्त पार्दै राेयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले अन्ततः आफ्नो पहिलो आईपीएल उपाधि जितेको छ।

मंगलबार अहमदाबादमा सम्पन्न फाइनल खेलमा आरसीबीले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्‍याे।

जितपछि टोलीका स्टार विराट कोहली अत्यन्त भावुक देखिए। खेलको अन्तिम बलपछि उनी घुँडा टेकेर मैदानमै टाउको झुकाएर रुँदै गरेको दृश्य सम्पूर्ण क्रिकेटप्रेमीका लागि भावुक बन्यो।

कोहलीले खेलपछि भने, ‘यो उपाधि टिमका लागि जति महत्त्वपूर्ण छ, त्यति नै हाम्रो समर्थकका लागि पनि हो। मैले यो टिमलाई मेरो युवावस्था, उत्कर्ष र अनुभव दिएको छु।’

विराट कोहली आईपीएलका सबै १८ सिजन एउटै टिम (आरसीबी) बाट खेल्ने एक मात्र खेलाडी हुन्। उनले आरसीबीको लागि यो उपाधि सधैँ सम्झनलायक बन्ने बताए।

‘१८ वर्ष लामो प्रतिक्षापछि यो क्षण प्राप्त गर्नु असाधारण अनुभूति हो। मैले प्रत्येक सिजनमा १०० प्रतिशत दिएको छु। मलाई कहिल्यै लागेन यो दिन आउँछ। अन्तिम बलपछि म भावना थाम्न सकिनँ’ उनले भने ।

विराट कोहलीले गएको १२ महिनाभित्र तीन उपाधि जिते । २०२४ को आईसीसी टी–२० विश्वकप र २०२५ को च्याम्पियन्स ट्रफी पनि जितेका छन्। टी-२० विश्वकप जितेपछी उनले सन्यास नै लिइसकेका छन् ।

उनले भने, ‘म सधैँ ठूला उपाधि जित्ने सपना देख्थेँ। यो उपाधि मेरो करियरकै सबैभन्दा विशेष हो, किनभने मैले मेरो आत्मा बेङ्गलुरुलाई दिएको छु। यो टिम मेरो अन्तिम आईपीएल खेलसम्म मेरो साथमा रहनेछ।’

हालै टेस्ट क्रिकेटबाट पनि सन्यास लिएका कोहलीले अझै पनि आफूले सुधारको खोजी गरिरहेकै बताएका छन्। उनले यस सिजन आरसीबीको लागि सबैभन्दा धेरै रन (६५७) बनाउँदै आठ अर्धशतक समेत पूरा गरे, ती सबै जितका खेलहरूमा आएका थिए।

‘अब धेरै वर्ष खेल्न पाउँछु जस्तो लाग्दैन। जब मैले बुट थन्क्याउनेछु, म शान्त भएर भन्न सकूँ — मैले सबै दिएँ । म “इम्प्याक्ट प्लेयर” बनेर मात्र होइन, मैदानमा २० ओभर बल क्याच गर्न चाहन्छु। यही म हुँ।’ उनले भने ।

कोहलीले टिम म्यानेजमेन्टलाई पनि धन्यवाद दिँदै भने, ‘म्यानेजमेन्टले सही खेलाडीहरू ल्याए। धेरैले हाम्रो अक्सन रणनीति माथि प्रश्न उठाए, तर हामीलाई थाहा थियो हामीसँग के छ। यो जित त्यसको प्रमाण हो।’

विराट कोहलीको यो भनाइले न केवल उनको टिमप्रतिको समर्पण देखाउँछ, तर यो पनि प्रमाणित गर्छ कि धैर्यता, समर्पण र विश्वासको फल अवश्य मिल्छ। आरसीबीका समर्थकहरूका लागि यो जित केवल उपाधि मात्र होइन, एक सपना पुरा भएको क्षण हो।

विराट कोहली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय