
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको मूल्य पछिल्ला केही दिनदेखि निरन्तर बढिरहेको छ। एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो।
- सुनको मूल्य जेठ १५ मा १ लाख ८७ हजार ८ सय रुपैयाँ थियो, जुन अहिले १ लाख ९३ हजार २ सय रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ पुगेको छ।
२१ जेठ, काठमाडौं । पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर वृद्धि भएको छ । एक सातामै सुन तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ ।
जेठ १५ गते सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ थियो । यो मूल्य आज १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बुधबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५ सय बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ थियो ।
चाँदी प्रतितोला ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाा रहेको चाँदी आज २ हजार ७५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4