+
+
Shares

मोदीलाई भारतीय कांग्रेसको चेतावनी : नेपाल चीनसँग नजिकिँदैछ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय कांग्रेस पार्टीका नेता पवन खेडाले नेपाल-चीन सम्बन्धलाई लिएर भारतीय सरकारमाथि प्रश्न उठाए।
  • उनले नेपाल चीनतिर थप नजिक भइरहेको जिकिर गरे।
  • उनले नेपालमा भारतविरोधी भावना बढेको बताए।

२१ जेठ, काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता पवन खेडाले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारमाथि नेपाल-चीन सम्बन्धलाई लिएर प्रश्न उठाएका छन् । उनले नेपाल चीनतिर थप नजिक भइरहेको जिकिर गरेका हुन् ।

नेता खेडाले पत्रकार सम्मेलनमा भने, ‘नेपालमा अहिले जुन भारतविरोधी भावना देखिन्छ, त्यो १० वर्ष पहिले थिएन । नेपालमा यति ठूलो भूकम्प आउँदा भारतले धेरै सहायता गरेको थियो ।’

उनले अगाडि थपे, ‘तर आज नेपाल चीनसँग नजिक भइसकेको छ । यदि यो आत्मसमर्पण नीति होइन भने के हो ?’

मोदी नेतृत्वको संघीय सरकारमाथि कटाक्ष गर्दै पवन खेडाले थपे, ‘पाकिस्तान र अन्य देशहरूसँग मिलेर चीनले जुन कोरिडोर (मार्ग) बनाइरहेको छ, तपाईंहरूले त्यसको विरुद्ध के गर्न सक्नुभयो ? यदि तपाईंहरूले आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) को ऋण रोक्न सक्नुभएको हो भने भन्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?