+
+
Shares

कञ्चनपुरका ४ पालिकामा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते ५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरका चार पालिकाले गङ्गादशहरा मेलाका अवसरमा सार्वजनिक बिदा दिए।
  • बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले एक दिन, लालझाडी गाउँपालिकाले दुई दिन बिदा घोषणा गरे।
  • मेलामा एक लाखभन्दा बढी दर्शनार्थी आउने र यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्ने प्रयास भइरहेको छ।

२२ जेठ, कञ्चनपुर । गङ्गादशहरा मेलाका अवसरमा कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

बेलौरी, पुनर्वास र बेल्डाँडीले बिहीबार एक दिन तथा लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा गङ्गादशहरा मेला लाग्ने गर्दछ ।

बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका अनुसार मेलामा कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाबाट अनि छिमेकी देश भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट यहाँ दर्शनार्थीहरू आउने गरेका छन् ।

बेलौरी नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर चौधरीले यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्नका लागि नगरपालिकाबाट पहल भइरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?