+
+
Shares

नेदरल्याण्डलाई हराएको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते ७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई आईसीसी विश्वकप लिग–२ को खेलमा लगातार तेस्रो जितको लागि बधाई दिए।
  • नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरी २२६ रनको लक्ष्य पछ्याएको थियो।
  • आरिफ शेखले ७८ रन योगदान दिएर नेपालको जितमा महत्वपूर्ण भूमिका खेले।

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ को एकदिवसीय शृङ्खलामा नेदरल्याण्डलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको नेपाली टोलीलाई बधाई दिएका छन् ।
गएराति स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडीको फोटो राख्दै लेखेका छन्, ‘फेरि जित, फेरि बधाई ।’

नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा आरिफ शेखले ७८ रन योगदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?