+
+
Shares

तोलामा ५ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५ सय रुपैयाँ वृद्धि भएको जानकारी दिएको छ।
  • आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा बढि हो।
  • सुनको मूल्य एक हप्तामा करिब ६ हजार रुपैयाँले बढेको छ।

२२ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुनेछ । अघिल्लो दिन १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामै सुनको भाउ करिब ६ हजार रुपैयाँ बढेको छ । जेठ १५ गते १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । बिहीबार अघिल्लो दिनकै मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा चाँदी कारोबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?