+
+
Shares

अध्यक्षमाथि प्रतिशोध साधियो, प्रतिवाद गर्छौं : एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १५:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूर्वाग्रहको आधारमा आक्रमण भएको आरोप लगाएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टीले यस्तो प्रतिक्रिया जनाएको हो।
  • भुसालले राजनीतिक र कानुनी दुवै पक्षबाट प्रतिवाद गर्ने बताए।

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको आरोप लगाएको छ ।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीले यस्तो टिप्पणी गरेको हो ।

पार्टी उपाध्यक्ष वेदुराम भुसालले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको भन्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताए ।

‘मुद्दाको सम्बन्धमा दुईवटा पक्ष छन् । एउटा, यसको राजनीतिक पक्ष छ । दोस्रो, यसको कानुनी पक्ष छ । राजनीतिक प्रतिशोध साधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं । कानुनी पक्षको कुरामा हामी कानुनी हिसाबमा नै प्रतिवाद गर्छौं,’ भुसालले भने ।

भ्रष्टाचार मुद्दा दर्ता भएको सूचना मिडियाबाट जानकारी पाएको भन्दै उनले औपचारिक रूपमा सूचना आएपछि पत्र हेरेर प्रतिक्रिया दिने बताए ।

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?