+
+
Shares

तारागाउँको अनियमिततामा मुछिएका सर्राफ परिवारलाई पतञ्जलिमा भ्रष्टाचार मुद्दा

तारागाउँको जग्गा अनियमिततामा मुछिएका राधेश्याम सर्राफ पतञ्जलि प्रकरणमा समेत संलग्न भएको भेटिएपछि अब उनका छोराले दिवंगत बाबुको भ्रष्टाचार मुद्दा सामना गर्नुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १०:००
बौद्धस्थित तारागाउँ रिजेन्सी होटल (ह्यात होटल)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा ९३ जनामाथि मुद्दा चलाएको छ।
  • राधेश्याम सर्राफको मृत्यु भएपछि उनका छोरा अरुण कुमार सर्राफविरुद्ध मुद्दा दायर गरिएको हो।
  • अख्तियारले आरोप लगाएको छ कि राधेश्यामले सरकारी जग्गा गलत तरिकाले कम्पनीको नाममा पारित गरेको थियो।

२३ जेठ, काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा ९३ जनामाथि मुद्दा चलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बौद्धस्थित तारागाउँ रिजेन्सी होटल (ह्यात होटल)का संस्थापक राधेश्याम सर्राफ समेत भ्रष्टाचारमा संलग्न रहेको निष्कर्ष निकालेको छ ।

अख्तियारले राधेश्याम दिवंगत भइसकेकाले उनका छोरा अरुण कुमार सर्राफविरुद्ध मुद्दा दायर गरेको हो । उनका छोरा अरुणमाथि कैद र जरिवानाको मागदावी छैन । तर बाबुले भ्रष्टाचार गरेको भनी त्यसको विगो(नोक्सान भएको रकम) छोराबाट भराउनुपर्ने माग छ ।

अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायप्रणालीको सिद्धान्त हो । त्यसै अनुसार सामान्यतया दिवंगत भएको मानिसमाथि मुद्दा चल्दैन । तर दिवंगत भएको व्यक्तिले सार्वजनिक सम्पत्ति नोक्सान गरेको र त्यसको लाभ उसका उत्तराधीकारीहरुले लिएको देखेमा अख्तियारले मुद्दा चलाउने गरेको छ ।

यो विवादमा जोडिएको कम्पनी ‘चौतारामा प्रा.ली.’ हो, जसले राधेश्याम सर्राफसँगको मिलेमतो र योजनामा कम्पनीको नाममा हदबन्दीभन्दा बढी जगा राखेको अख्तियारको आरोप छ ।

काभ्रेको श्रीखण्डपुरमा ८३ रोपनी जग्गा दर्ता गरी चौतारामा प्रा.ली.ले भोगचलन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

हदबन्दीभन्दा बढीको जग्गा कम्पनीको नाममा पारित गराई गलत कागजात तयार पारेको भन्दै अख्तियारले त्यसमा कम्पनीका संस्थापक सदस्यहरु विश्वरत्न शाक्य र शेखर कुमार राणा अनि मिलेर गैरकानूनी लिखत तयार गर्ने काममा राधेश्याम सर्राफ पनि संलग्न रहेको आरोप लगाएको हो ।

सरकारीकरण हुनुपर्ने जग्गा सर्राफले कम्पनीमा हस्तान्तरण गरेको, निजी प्रयोजनमा ल्याएको राधेश्यामलाई पनि घटनामा संलग्न रहेको आरोप लाएको हो ।

५१ लाख रुपैयाँ भ्रष्टाचार गरेको निष्कर्ष सहित अख्तियारले उनलाई कसुरदार ठहर्‍याउनुपर्ने निष्कर्ष निकालेको हो । तर ८ चैत, २०७८ मा उनको मृत्यु भएको खुलेको भन्दै अख्तियारले उनका छोरा अरुण कुमार सर्राफलाई विगो भराउने प्रयोजनका लागि मुद्दामा प्रतिवादी बनाएको हो ।

तारागाउँ विकास समिति अन्तर्गतको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका सञ्चालक राधेश्याम तारागाउँको जगा लिज प्रकरणको विवादमा पनि मुछिएका छन् । उनको निधनपछि उनका छोराले होटल व्यवस्थापनको काम हेर्दै आएका छन् ।

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?