
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहसचिव गोकर्णमणि दुवाडीले विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहयोग आवश्यक भएको बताए।
- दुवाडीले जलवायु परिवर्तन र प्रकोप न्यूनीकरणका लागि वित्तीय प्रवाह बढाउने विषयको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरे।
- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तरनिकाय समन्वय र विश्वव्यापी सहकार्यको आह्वान गरे।
२२ जेठ, काठमाडौं । विपद्को सामना गर्न विश्वव्यापी सहयोग आवश्यक रहेको गृहसचिव गोकर्णमणि दुवाडीले बताएका छन् ।
२ देखि जुन ६ सम्म स्विजरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफर्ममा दुवाडीले उक्त कुरा बताएका हुन् ।
दुवाडीले जलवायु परिवर्तन तथा प्रकोप न्यूनीकरणका लागि वित्तिय प्रवाह बढाउने विषयको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका थिए ।
त्यसक्रममा सचिव दुवाडीले विपद् जोखिमको पूर्वतयारी र त्यसको कार्यान्वयनको लागि नेपालको स्थितीको बारेमा जानकारी गराए । यसका साथै विपद् जोखिम न्यूनिकरणका लागि विश्वव्यापी समन्वयको जरुरी रहेकोमा उनले बताएका छन् ।
उनले नेपालमा विभिन्न प्राकृतिक जोखिम रहेको उल्लेख गर्दै यसको पूर्व तयारी र समाधानको लागि नेपाल सकारले उच्च प्राथमिकताका साथ आफ्नो प्रयास र कार्यलाई निरन्तरता दिएको बताए ।
यसअघि सम्मलेनमा सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तरनिकाय समन्वय तथा विश्वव्यापी सहकार्यको आह्वान गर्दै विपद् स्वयंसेवक तथा विपद् सूचकमार्फत विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्तिका साथसाथै व्यवस्थापनमा सहकार्य र सहजता आउने बताएका थिए ।
प्रतिक्रिया 4