
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले क्यान्सरले पीडित कलाकार घनश्याम गौतमको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्यो।
- गौतमको निधन जेठ १९ गते भक्तपुरस्थित क्यान्सर अस्पतालमा भएको थियो।
- बोर्डले यसअघि पनि गौतमको उपचारमा १ लाख रुपैयाँ सहयोग गरेको थियो।
काठमाडौं । ‘नक्कली प्रचण्ड’ नामक पात्रको भूमिकामा चर्चित कलाकार घनश्याम गौतमको केही दिनअघि क्यान्सरको कारण निधन भयो ।
उनको निधनमा शोक व्यक्त गर्दै चलचित्र विकास बोर्डले परिवारलाई ५० हजार रुपैयाँको आर्थिक सहायता प्रदान गरेको छ । बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषमार्फत सहायता उपलब्ध गराइएको हो ।
बोर्ड अध्यक्ष दिनेश डिसी, कोष संयोजक बसुन्धरा भुसाल, सदस्यहरू मोहन निरौला, जनकदीप पराजुली र रवीन्द्र खड्काले पशुपतिस्थित क्रियापुत्री भवनमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।
यसअघि पनि गौतमको उपचारमा बोर्डले १ लाख रुपैयाँ प्रदान गरेको थियो । क्यान्सर पीडित गौतमको जेठ १९ गते राति भक्तपुर ताथलीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।
झापा गौरादहमा जन्मिएर नेपाली टेलिभिजन सिरियलमा उनी नक्कली प्रचण्ड नामक पात्रको रुपमा चर्चित रहे । केही वर्षदेखि भक्तपुरस्थित कटुन्जेमा परिवारसहित बसोबास गर्दै आएका थिए ।
कोषमार्फत अप्ठ्यारोमा परेका कलाकार, चलचित्रकर्मी वा तिनका परिवारलाई सहयोग पुर्याउने उद्देश्यअनुसार राहत प्रदान गरिएको अध्यक्ष डीसीले बताए ।
प्रतिक्रिया 4