+
+
Shares

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीलाई नै धम्क्याएको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १५:५२

२२ जेठ, काठमाडौं । गृहमन्त्रालयको कर्मचारी भन्दै धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको नैनादेवी गाउँपालिका–७ का ५७ वर्षीय भक्तबहादुर रायमाझी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्सालबाट पक्राउ गरेको हो । उनले गृहको कर्मचारी भन्दै नक्कली परिचय दिएर धम्क्याएको आरोप छ ।

उनले प्रहरी कार्यालयमा समेत फोन गर्दै धम्की दिने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?