+
बेंगलुरु घटना :

आरसीबीका मार्केटिङ प्रमुख निखिल सोसाले पक्राउ

२०८२ जेठ  २३ गते ११:१६ २०८२ जेठ २३ गते ११:१६
आरसीबीका मार्केटिङ प्रमुख निखिल सोसाले पक्राउ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेंगलुरु प्रहरीले आईपीएल विजेता समारोहमा भागदौड घटनामा आरसीबीका निखिल सोसालेलाई पक्राउ गर्यो।
  • मुख्यमन्त्री सिद्धरामैयाले जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्न निर्देशन दिए र न्यायिक आयोग गठन गरे।
  • प्रहरीले कार्यक्रम अनुमति बिना आयोजना, सुरक्षामा लापरवाही र उद्धारमा ढिलाइको आरोपमा एफआईआर दर्ता गर्यो।

२३ जेठ, काठमाडौं । आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)को विजय उत्सवमा भएको भागदौड घटनामा अनुसन्धानको क्रममा बेंगलुरु प्रहरीले आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

यसै घटनामा कार्यक्रम व्यवस्थापन कम्पनी डिएनए इन्टरटेन्मेन्ट नेटवर्कका वरिष्ठ कार्यक्रम प्रबन्धक किरण कुमार र उपाध्यक्ष (व्यवसाय) सुनील मैथ्यूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

११ जनाको ज्यान जाने गरी भएको उक्त घटनापछि कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले आरसीबी, डिएनए इन्टरटेन्मेन्ट र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)का जिम्मेवार प्रतिनिधिहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

मुख्यमन्त्रीले एक जना सेवानिवृत्त उच्च अदालतका न्यायाधीश माइकल डी’कुन्हाको नेतृत्वमा न्यायिक आयोग गठन गरिएको पनि घोषणा गरेका छन्। आयोगले ३० दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ।

त्यसका साथै, मुख्यमन्त्रीको निर्देशनमा बेंगलुरुका प्रहरी आयुक्त बी. दयानन्द, अतिरिक्त आयुक्त विकास कुमार, केन्द्रीय डिपिसीपी शेखर एच. टेक्कण्णावरसहित क्युबन पार्क प्रहरी चौकीका निरीक्षकलगायत उच्च प्रहरी अधिकारीहरूलाई निलम्बन गरिएको छ।

प्रहरीले यस घटनामा आरसीबीले बिना अनुमति कार्यक्रम आयोजना गरेको, सुरक्षामा लापरवाही गरेको र घटनापछि उद्धारमा ढिलाइ भएको आरोपमा एफआईआर दर्ता गरिसकेको छ।

बेंगलुरु घटना रोयल च्यालेन्जर्स बेंगलुरु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय