News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भेटेरिनरी एसोसिएसनको अध्यक्षमा डा. केदार सुवेदी निर्वाचित भए। उनले ३०३ मत प्राप्त गरी प्रतिस्पर्धी डा. केदारराज पाण्डेलाई पराजित गरे।
- निर्वाचनमा डा. शंकर न्यौपाने महासचिवमा निर्वाचित भए भने डा. राजेन्द्र यादव, डा. विशाल पोख्रेल र डा. हिमाल लुइटेल पदमा निर्विरोध चयन भए।
- एसोसिएसनमा १६०० भन्दा बढी पशु चिकित्सक सदस्य रहेका छन्।
काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनको अध्यक्षमा डा. केदार सुवेदी निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न निर्वाचनमा सुवेदीले आफ्नो निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
७१२ मतदाता रहेकोमा निर्वाचनमा सुवेदीले ३०३ मत प्राप्त गरे । निजी क्षेत्रमा कार्यरत सुवेदी यसअघि संघका महासचिव थिए । एसोसिएसनको महासचिवमा डा. शंकर न्यौपाने निर्वाचित भएका छन् । उनले ३४१ प्राप्त गरे । सरकारी सेवामा कार्यरत डा. न्यौपाने यसअघि सचिव थिए ।
उपदक्ष्यमा डा. राजेन्द्र यादव, सचिव पदमा डा. विशाल पोख्रेल र प्रधान सम्पादक पदमा डा. हिमाल लुइटेल भने निर्विरोध निर्वाचित भए ।
कोषाध्यक्षमा डा. विकास श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरूमा डा. गणेश रानाभाट, डा. सुशीलकुमार राय, डा. नवीन पन्थी, डा. साधना घिमिरे, डा. शरद नरसिंह अमात्य र डा. दिनेश अर्याल निर्वाचित भएका छन् ।
६ दशकअघि स्थापना भएको भेटेरिनरी एसोसिएसनमा १६०० जना भन्दा बढी पशु चिकित्सक सदस्य रहेका छन् ।
प्रतिक्रिया 4