+
+
Shares

मधेश प्रदेश भन्दा ‘जानकी’ उपयुक्त हुन्थ्यो : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १३:५४
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको नाम ‘जानकी प्रदेश’ राख्न उपयुक्त हुने बताएका छन्।
  • उनीहरूले मिथिलाको प्राचीन इतिहास र धार्मिक महत्वलाई ध्यानमा राख्दै नामकरणको प्रस्ताव गरे।
  • देउवाले मधेश प्रदेशको नेतृत्व अब कांग्रेसले गर्ने बताएका छन्।

२३ जेठ, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको नामा ‘जानकी प्रदेश’ नामकरण गर्दा उपयुक्त हुने बताएका छन् । जनकपुरधाममा नवनिर्मित मैथिली विकास कोषको भवन उदघाटन गर्दै उनले मिथिलाको प्राचिन राजधानी र जानकीको जन्मथलो भएकाले यसको नाम जानकी प्रदेश हुँदा उपयुक्त हुने उनको भनाइ छ ।

‘राजा जनकको प्राचिन राजधानी, जानकीको जन्मथलो र भगवान रामको ससुराली भएकाले यो धार्मिक र बहुसाँस्कृतिक हो । नेपाल भारतको सम्बन्धलाई यसले प्रगाढ बनाएको छ’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘मैले त भनेको थिएँ यो प्रदेशको नाम मधेश भन्दा जानकी प्रदेश राख्दा उपयुक्त हुन्छ भनेर ।’

उनले मैथिली विकास कोषले निर्माण गरेको भवन र उसको कार्यक्रम नयाँ पुस्ताका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मधेश सरकारको साढे ७ करोडको लगानीमा भवन निर्माण भएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए ।

कार्यक्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महेन्द्र यादव लगायतको उपस्थिति थियो ।

यसअघि आज बिहान जनकपुरधामस्थित मधेश पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रकममा देउवाले मधेश प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?