+
+
Shares

प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच संघीय संसद् भवनमा छलफल जारी छ।
  • उनीहरूले संसद्मा जारी अवरोध हटाउने र भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त गरे।
  • बैठक पुनः सञ्चालन र थप छलफलका लागि तय गरिएको छ।

२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच छलफल जारी छ ।

संघीय संसद् भवनमा उनीहरूबीच केहीबेर अघिबाट छलफल चलिरहेको हो । संसद्मा जारी अवरोध हटाउने विषयमा छलफल चलिरहेको नेताहरूले बताएका छन् ।

खड्कासँगको छलफलअघि प्रचण्ड विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।

बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जाहेर गर्नुपनेगरी छलफल अघि बढेको छ ।

यस विषयमा पुनः छलफल गर्ने नेताहरूले बताएका छन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । तर, बैठक बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?