
News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत चोरमारा बजारमा रहेको गिरुवारी पुल मर्मत सकिएको छ ।
- २९ वैशाखमा अधिक भारका कारण पुल क्षतिग्रस्त भएपछि यातायात बन्द भएको थियो।
२३ जेठ, काठमाडौं । बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत चोरमारा बजारमा रहेको गिरबारी पुल मर्मत सकिएको छ ।
सडक आयोजनाका अनुसार यो पुलबाट आजैदेखि यातायात सुचारु गर्ने तयारी छ । २९ वैशाखका दिन अधिक भारका कारण क्षति भएर पुलबाट यातायात बन्द भएको थियो ।
पुलको आवश्यक मर्मत गरी यातायात सूचारु गर्न लागिएको समेत आयोजनाले जनाएको छ । उता, विनयी खोला पुल दुम्कीबासमा समेत निर्माणको काम अहिले धमाधम चलिरहेको छ । वर्षा अघि नै यो पुलबाट यातायात सुचारु गर्ने तयारी रहेको आयोजनाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4