+

टोटनहमका प्रशिक्षक पोष्टेकोग्लु बर्खास्त

२०८२ जेठ  २३ गते २२:१४ २०८२ जेठ २३ गते २२:१४
टोटनहमका प्रशिक्षक पोष्टेकोग्लु बर्खास्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिग क्लब टोटनहम हटस्परले प्रशिक्षक एन्ज पोष्टेकोग्लुलाई बर्खास्त गरेको छ।
  • पोष्टेकोग्लुले १७ वर्षपछि मुख्य उपाधि जिताए पनि प्रिमियर लिगमा खराब प्रदर्शनका कारण बर्खास्त भए।
  • ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्र्याङ्कलाई नयाँ प्रशिक्षकको सम्भावना रहेको छ।

२३ जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटनहम हटस्परले प्रशिक्षक एन्ज पोष्टेकोग्लुलाई बर्खास्त गरेको छ। उनी २ वर्षअघि नियुक्त भएकै दिन अर्थात् जुन ६ मा बर्खास्तीमा परेका हुन् ।

पोष्टेकोग्लुले टिमलाई १७ वर्षपछि मुख्य उपाधि दिलाएका थिए । २ साताअघि भएको युईएफए युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै टोटनहमले ४१ वर्षपछि युरोपेली उपाधि जितेको थियो भने १७ वर्षपछि कुनैपनि उपाधि जितेको थियो ।

युरोपा लिग जितेपनि प्रिमियर लिगमा भने टोटनहमको प्रदर्शन खराब रह्‍यो । सिजनभर २२ खेल हारेको टोटनहम ३८ खेलबाट ३८ अंकसहित १७औं स्थानमा रह्यो, जुन क्लबको प्रिमियर लिग इतिहासमै सबैभन्दा खराब प्रदर्शन हो।

पोष्टेकोग्लु दुई वर्षअघि सेल्टिकबाट टोटनहम आएका थिए र चार वर्षको सम्झौता गरेका थिए। उनी अब सम्झौताको आधा अवधि पूरा गर्दै क्लबबाट बाहिरिएका छन्।

ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्र्याङ्कलाई नयाँ प्रशिक्षक हुन सक्ने सम्भावना रहेको छ । उनीसँग क्लब छाड्न मिल्ने ‘रिलिज क्लज’ भए पनि ब्रेन्टफोर्डसँग औपचारिक वार्ता भने अझै सुरु भएको छैन।

-स्काइ स्पोर्ट्सबाट

एन्ज पोष्टेकोग्लु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय