+
+
Shares

प्रतिगामी शक्तिहरू सल्बलाइरहेको बेला छ, संसद् खुलाउन आवश्यक छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते १५:४१

२४ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद सञ्चालन हुने संकेत गरेका छन् ।

सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद् गतिशील बनाउने सहमति नजिक पुगेको सभामुख घिमिरेको भनाइ छ ।

प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।

‘हामी संसद सुचारु गर्नको लागि हामी निष्कर्षका पुग्दैछौँ । निश्चय पनि शीर्ष तहका नेताहरूबीच छलफल भएपछि आइतबारको संसदको गतिरोध अन्त्य हुनेछ । फेरि अहिले संसदीय दलभित्रका नेताहरूले के सोच्नुपर्ने परिस्थिति छ भने यो व्यवस्थाकै विरुद्धमा जाने दलहरूले पनि खुच्चिङ भनिरहेका छन्,’ सभामुख घिमिरेले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भने, ‘अर्को भाषामा भन्ने हो भने प्रतिगामी शक्तिहरू सल्बलाइरहेको बेला छ । यस्तो बेलामा आएका समस्याहरुलाई समाधान गर्दै संसद्लाई अझै प्रभावकारी पार्ने कुराहरूमा सत्ता प्रतिपक्ष मिलेर जाने कुराको महसुस गर्नुभएको छ । यस्ता कुरामा म उहाँहरूलाई अगाडि बढ्नको लागि शुभकामना पनि व्यक्त गर्न चाहन्छु । आईतवारदेखि संसद अगाडि बढ्ने सहमति बनोस् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बदमासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानबिन हुनुपर्ने मागबाट पछि हट्न खोजेका छैनन् ।

यससँगै सत्ता र प्रतिपक्षी दलहरूका शीर्ष नेताहरूबीच पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?