+
+
Shares

नेपालको मुद्दाबारे ओली- अख्तियार प्रयोग हुने संस्था होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको बताए।
  • उहाँले मोरङको हल्दीबारीमा अस्पताल र शिक्षण संस्थाको उद्घाटनपछि भने, ‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो।’
  • अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालमाथि मुद्दा दायर गरेपछि ओलीले यसलाई प्रतिशोधको रुपमा हेर्नु नहुने बताए।

२४ जेठ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनपछि बाहिरिने क्रममा उनले अख्तियार प्रयोग हुने संस्था नभएको बताएका हुन् ।

माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियारलाई प्रयोग गरिएको हो ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?