
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको उपचार त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भइरहेको छ।
- उहाँले पुरानो दम र छातिमा संक्रमणका कारण जेठ १५ देखि अस्पताल भर्ना हुनु भएको हो।
- उहाँको स्वास्थ्य स्थिति गम्भीर रहेको चिकित्सकले जानकारी दिए।
२४ जेठ, काठमाडौं । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको त्रिवि शिक्षण अस्पतालस्थित आईसीयू कक्षमा उपचार भइरहेको छ ।
गत जेठ १५ गतेदेखि उनको आईसीयूमा उपचार भइरहेको हो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार, पुरानो दमको कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी जेठ १५ गतेदेखि अस्पताल भर्ना भएका हुन् ।
अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई आईसीयूमै राखेर उपचार गरिरहेको ती चिकित्सकले अनलाइनखबरलाई जानकारी दिए ।
‘स्वास्थ्य धेरै नै बिग्रिएको छ । छातिमा भएको संक्रमण घटेको छैन,’ स्रोतले भन्यो, ‘उहाँको पुरानो दमले पटकपटक समस्या दिइरहेको छ । यसपटक भने अल्लि सिरियस नै छ ।’
७८ वर्षीय वैद्य श्वासप्रश्वासको समस्याले गत पुसमा एक महिना त्रिवि शिक्षण राखेर उपचार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4