+

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

२०८२ जेठ  २५ गते १०:४४ २०८२ जेठ २५ गते १०:४४
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितिन्, प्रतियोगिता युकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भयो।
  • उनीले स्कटल्यान्डकी एमेलिया पार्किनलाई पछि पारिन् र यसअघि फेब्रुअरीमा यकेमै भएको डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन्।
  • उमा कुङफुकी तेस्रो डान सरिनाले सेप्टेम्बरमा हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने जानकारी अध्यक्ष संजीतकुमार राईले दिए।

२५ जेठ, काठमाडौं । सरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । युकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भएको प्रतियोगितामा सरिनाले चाइनिज क्रिएटिभ फममा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।

सरिनाले स्कटल्यान्डकी एमेलिया पार्किनलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । युकेमै मास्टर्स अध्ययन गरिरहेकी सरिनाले यसअघि यकेमै गत फेब्रुअरी ९ तारिखमा भएको डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

उमा कुङफुकी तेस्रो डान सरिनाले युकैमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने अध्यक्ष राईले जानकारी गराए ।

सरिना घले
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय