
२५ जेठ, काठमाडौं । सरकारले सुनाचाँदी र हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको छ ।
यस्तै हिरा जुवाहरत र पत्थरमा १३ प्रतिशत कर लाग्ने भएको छ । सोही कर खारेजीको माग गर्दै आइतबार सुनचाँदी व्यवसायीले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
‘सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर, हिरात जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उपभोक्ता, कर्मचारी, कालिगढमैत्री ऐन तुरुन्त जारी गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बाेकेर सयौं व्यवसायी प्रदर्शनमा उत्रिएका छन् ।
हेर्नुहोस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4