+
+
Shares

प्रचण्डको ब्रिफिङ– भिजिट भिसा प्रकरणको छानबिन गर्न कांग्रेस लचक भएन

देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भनेर प्रचण्डको प्रस्ताव स्वीकार नगरेको प्रचण्डले सुनाएका छन् । विपक्षी दलको बैठकपछि पुनः कांग्रेस र माओवादी नेताहरू संवादमा जुटेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूको बैठकमा प्रचण्डले भिजिट भिसा प्रकरणको छानबिन गर्न कांग्रेस लचक नभएको बताएका हुन्।
  • विपक्षी दलहरूले छानबिन समिति बनाउनुपर्ने अडान नछाड्दा संसद बैठक प्रभावित भएको छ।
  • विपक्षी दलको बैठकपछि पुनः कांग्रेस र माओवादी नेताहरू संवादमा जुटेका छन्।

२५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न कांग्रेस लचक नभएको बताएका छन् ।

नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् । प्रचण्ड शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । उक्त भेटमा प्रचण्डले आफू विपक्षी दलहरूको म्यान्डेड लिएर आएको बताएको प्रचण्डले सुनाए ।

जवाफमा कांग्रेस सभापति देउवाले संसद प्रभावित हुँदा बजेटमाथिको छलफल प्रभावित भएको र यसले कसैको भलो नगरेको बताएका छन् । प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले छानबिन समिति माग गरेको र समितिको मोडालिटीको विषयमा लचक रहेको बताए ।

प्रचण्डले ब्रिफिङ गरे अनुसार संसदीय छानबिन समिति बनाउने, पूर्व न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति बनाउने लगायतका विकल्पमा जान तयार रहेको प्रस्ताव राखे ।

तर, देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भनेर प्रचण्डको प्रस्ताव स्वीकार नगरेको प्रचण्डले सुनाएका छन् । विपक्षी दलको बैठकपछि पुनः कांग्रेस र माओवादी नेताहरू संवादमा जुटेका छन् ।

विपक्षी दलहरूको बैठक लम्बिएको र फेरि माओवादी र कांग्रेसका नेताहरू संवादमा रहेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो सवा ३ बजेका लागि सारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?