+
+
Shares

भिजिट भिसा प्रकरणबारे प्रचण्ड : सहमतिको भाषा र छानबिनको प्रक्रिया टुंग्याउँदैछौं

संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘छलफल चलिराखेको छ । हामी सहमति र समझदारीको भाषा टुंग्याउने प्रक्रियामा र्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन सञ्चालनका लागि सहमतिको प्रक्रिया टुंग्याउने बताएका छन्।
  • सदन खोल्न दलहरूबीच सहमति र समझदारीको भाषा टुंग्याइरहेको छ र भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न समिति गठनको तयारी भइरहेको छ।
  • प्रतिनिधि सभा बैठक आजै दुई पटक सारिएको र साँझ साढे ५ बजे बस्ने भनिएको बैठक सुरु हुन सकेको छैन।

२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन चलाउन सहमतिको भाषा र प्रक्रिया टुंग्याउन लागिएको बताएका छन् ।

संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘छलफल चलिराखेको छ । हामी सहमति र समझदारीको भाषा टुंग्याउने प्रक्रियामा र्छौं ।’

नेताहरूका अनुसार सदन खुलाउन मध्यमार्गी प्रस्तावमा दलहरू सहमतिमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको अनुसन्धान सकाएपछि समग्रतामा अध्ययन गर्न छानबिन समिति बनाउन सत्तापक्ष तयार भएका छन् ।

त्यस्तो समितिले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन भए/नभएको अध्ययन गर्ने टिओर पाउने गरी छानबिन समिति बनाउने सहमति हुन लागेको छ ।

माओवादी अध्यक्ष प्रचण्डका अनुसार टीओरको भाषा र छानबिन समिति गठनको प्रक्रियाको भाषा मिलेपछि प्रतिनिधि सभाको बैठक बस्नेछ ।

आइतबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधि सभाको बैठक आजै दुई पटक सरिसकेको छ । साँझ साढे ५ बजे बस्ने भनिएको बैठक सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?