+
+
Shares

सरकारी अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र : प्रत्यारोपण सामग्री आफ्नै फार्मेसीमा उपलब्ध गराउनू

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते ८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालको फार्मेसीमा आवश्यक सामग्री व्यवस्था गर्न परिपत्र जारी गर्यो।
  • मन्त्रालयले अस्पतालमा मूल्य सार्वजनिक गरी वस्तु उपलब्ध गराउने र अधिक मूल्य लिन रोक लगाउने निर्णय गरेको छ।
  • बिरामीको गुनासो र महँगो मूल्यको समस्या टार्न मन्त्रालयले अस्पताललाई कम्पनी र विक्रेताको जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ।

२६ जेठ, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा आवश्यक सामग्री सरकारी अस्पतालकै फार्मेसीमा व्यवस्था गर्न परिपत्र गरेको छ ।

हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ ।

अस्पतालका फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न निर्णय गरेको छ ।

सोहीअनुसार सचिवस्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

साथै बिक्रेताहरुलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक विक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले पत्राचार गरेको छ ।

मन्त्रालयले बिरामीको गुनासो आउने वातावरण आउन नदिन समेत पत्रमार्फत अस्पतालहरुलाई सचेत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?