+

१३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप मंगलबारदेखि

२०८२ जेठ  २६ गते १२:०१ २०८२ जेठ २६ गते १२:०१
१३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप मंगलबारदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्क्वास र्याकेट्स संघले आयोजना गरेको १३ औँ राष्ट्रिय स्क्वास च्याम्पियनशिप जेठ २७ देखि ३१ गतेसम्म काठमाडौंमा हुनेछ।
  • प्रतियोगितामा पुरुष र महिला दुवै विधामा बागमती प्रदेशलाई उपाधिको दावेदार मानिएको छ, जसमा नेपालका नम्बर एक खेलाडीहरू सहभागी छन्।
  • प्रतियोगिता लिग र नकआउट आधारमा हुनेछ, जसमा ६ प्रदेशका टोलीहरू सहभागी हुनेछन्।

२६ जेठ, काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनाा एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीपको १३ औँ संस्करण मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगिता सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा जेठ २७ देखि ३१ गतेसम्म हुनेछ । आयोजकले यसिटक इन्डिभिजुयल र टिम इभेन्टमा प्रतिस्पर्धा हुने बताएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ६ प्रदेशको सहभागिता रहनेछ । सहभागी ६ प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ । पुल एमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश तथा पुल बीमा बागमती प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।

लिग कम नकआउटको आधारमा प्रतियोगिता हुनेछ । हरेक पुलबाट शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् । टिम इभेन्टमा हरेक टिममा चार खेलाडी रहेका छन् ।

महिला टिम इभेन्ट्समा बागमती, गण्डकी र कोशी गरी तीन प्रदेशले भाग लिएको छ । महिला टिम इभेन्ट्समा लिग चरणमा शीर्ष स्थानमा रहेको टिम च्याम्पियन बन्नेछ ।

प्रतियोगितामा पुरुष र महिला दुवै विधामा बागमती प्रदेशलाई उपाधिको दावेदारको रुपमा लिइएको छ । पुरुषतर्फ नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त के सिम्ह र पासाङ ब्लोन बागमती प्रदेशमा रहेका छन् ।

यसैगरी बागमती प्रदेशको महिला टिममा पनि नेपालका नम्बर एक विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेठ रहेका छन् ।

राष्ट्रिय स्क्वास च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय