
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा ले भिजिट भिसा प्रकरणको छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ।
- संसदमा गतिरोध कायम रहँदा बैठक स्थगित भएको छ।
- विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र समिति गठनको माग गर्दै अवरोध गरिरहेका छन्।
२६ जेठ, काठमाडौं। भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ ।
संसद्मा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन्।
अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।
आज पनि विपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
हेर्नुहोस् रास्वपाको ५ बुँदे प्रस्ताव :
प्रतिक्रिया 4