+

यू–१४ राष्ट्रिय विद्यालय खेलकुद : एथ्लेटिक्समा लुम्बिनी च्याम्पियन

२०८२ जेठ  २६ गते १६:१३ २०८२ जेठ २६ गते १६:१३
यू–१४ राष्ट्रिय विद्यालय खेलकुद : एथ्लेटिक्समा लुम्बिनी च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेशले ४ स्वर्ण सहित यु–१४ राष्ट्रिय विद्यालय खेलकुदको एथ्लेटिक्स च्याम्पियनता जित्यो।
  • प्रतियोगितामा कर्णाली, गण्डकी र मधेश प्रदेशले क्रमशः दोस्रो, तेस्रो र समान तेस्रो स्थान हासिल गरे।
  • २६ जेठमा काठमाडौंको दशरथ रंगशालामा भएको प्रतियोगितामा छात्र र छात्रामा विभिन्न स्पर्धामा पदक बाँडिएका थिए।

२६ जेठ, काठमाडौं । लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथ्लेटिक्समा सोमबार च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक ४ स्वर्ण जित्दै च्याम्पियन बन्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश २ स्वर्ण र ५ रजतसाथ दोस्रो भयो ।

गण्डकी प्रदेश र मधेश प्रदेश समान २ स्वर्ण, १ रजत र १ कांस्यका साथ संयुक्त रुपमा तेस्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान १–१ स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोश्रो तथा अन्तिम दिन छात्र/छात्रामा समान ३–३ गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

छात्र २ सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे । मधेशका आयुश चौधरी दोस्रो तथा कोशीका नितेश भट्टराई तेस्रो भए ।

सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेन्ड समय खर्चिन् । कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेशकी वर्षा योञ्जन तेस्रो बने ।

नेपालय इन्टरनेसनल म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा भएको प्रतियोगिताको छात्र ८ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते ।

उनले २ मिनेट ०७.४ सेकेन्ड समय निकाले । कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य हात पारे । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी २ मिनेट ४७.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । कोशीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भए ।

छात्र ४ गुणा १ सय मिटर रिलेमा मधेश पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

यू–१४ राष्ट्रिय विद्यालय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय