+

यू–१४ राष्ट्रिय विद्यालय खेलकुद : बास्केटबलमा कोशी र बागमतीलाई उपाधि

२०८२ जेठ  २६ गते १६:१६ २०८२ जेठ २६ गते १६:१६
यू–१४ राष्ट्रिय विद्यालय खेलकुद : बास्केटबलमा कोशी र बागमतीलाई उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी र बागमतीले यू–१४ राष्ट्रिय विद्यालय खेलकुदको थ्री बाइ थ्री बास्केटबल उपाधि जिते।
  • कोशीले मधेशलाई १७–१२ र बागमतीले कर्णालीलाई १५–३ ले पराजित गरे।
  • दुवै प्रतियोगितामा समान ७–७ प्रदेशका टिम सहभागी थिए।

२६ जेठ, काठमाडौं । यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमतीले जितेका छन् । कोशी छात्र तथा बागमती छात्रामा च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ ले पराजित गर्‍यो । लुम्बिनी तेस्रो भयो ।

छात्राको उपाधि भिडन्तमा बागमतीले कर्णालीलाई १५–३ ले हरायो । कोशीले तेस्रो स्थानमा चित्त बुझायो ।

छात्र/छात्रा दुवैमा समान ७–७ प्रदेशका टिम सहभागी थिए ।

यू–१४ राष्ट्रिय विद्यालय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय